तेस्रो वरियता नपाएसम्म मेरो विरोध जारी रहन्छ : खनाल

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३२, २०७६ | काठमाडौं

- नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य झलनाथ खनालले पार्टीमा तेस्रो वरियतामा नराखेसम्म आफ्नो विरोध जारी रहने बताउनुभएको छ । पार्टी एकता प्रक्रियाकै त्रममा तेस्रो वरियतामा राख्ने सहमति भएपनि कार्यन्वयन नभएको खनालले गुनासो गर्नुभयो ।

रेडियो कान्तिपुरसँग विहान कुरा गर्दै नेता खनालले भन्नुभयो,  म नभएका बेलामा वरियता मिच्ने काम भएको छ । मैले लामो समयदेखि यसको विरोध गर्दै आएको छु र सचिवालयको हिजोको बैठकमा पनि पार्टीमा वरियताबारे कुरा उठाएको छु ।

पार्टीमा अब कुनै खाले सांगठनिक विवाद नरहेको खनालले दावी समेत गर्नुभयो । फरक प्रसंगमा नेता खनालले पार्टीमा छलफल नै नगरी सरकारले  गरेका केही निर्णयहरुको दलले जिम्मेवारी लिन नसक्ने अवस्था आएको बताउनुभयो । 

 


प्रतिक्रिया