राजमार्ग क्षेत्रका अवैध संरचना हटाइने

श्रावण ३२, २०७६ | विराटनगर

- कोसी राजमार्गअन्तर्गत रानीदेखि धरानसम्मको ६ लेन सडक खण्डमा पर्ने  इटहरीदेखि हलगडासम्म बनाइएका अवैध संरचना भत्काइने भएको छ । उत्तर– दक्षिण व्यापारिक लोकमार्ग बिस्तार आयोजना निर्देशनालयको रानी–विराटनगर– इटहरी–धरान सडक आयोजनाका अनुसार राजमार्ग क्षेत्रमा बनाइएका अवैध संरचना हटाएपछि मात्रै सडक विस्तारको काम सुरु गरिनेछ ।

इटहरीभन्दा उत्तर हलगडासम्मको सडक क्षेत्रमा बनाइएका विभिन्न संरचना हटाएपछि ६ लेन सडक विस्तारको तयारी सो कार्यालयको छ । सडकको बीच भागबाट दुबैतिर २५/२५ मिटर कायम हुने गरी सडक विस्तार गरिने भएको छ । 

 


प्रतिक्रिया