कर्णाली प्रदेशको कृषि मन्त्रालय अब्बल

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३२, २०७६ | काठमाडौं

- कर्णाली प्रदेशको कृषि मन्त्रालयले गत वर्षको बजेट कार्यन्वयनमा देशभरका कृषि मन्त्राललाई उछिनेको छ । मन्त्रालयले  गत वर्ष समग्र बजेटको ७८ दशमलव ९२ प्रतिशत खर्च गरेको जनाएको छ । मन्त्रालयले गत वर्ष २ अर्व ८३ करोड ६९ लाख रकममध्ये १ अर्व ९५ करोड ५२ लाख रुपैयाँ खर्च गरेको हो । मन्त्रालयका अनुसार मातहतका कार्यालयमध्ये सबैभन्दा बढी कृषि ज्ञान केन्द्र डोल्पाले ९३ दशमलब ९९ र सबैभन्दा कम जुम्लाले ४२ दशमलब ५९ प्रतिशत खर्च गरेको हो ।

प्रदेशका अन्य र देशभरका कृषि मन्त्रालयलाई उछिन्दै आफूहरु पहिलो बनेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बताउनुभयो । मन्त्रालयका अनुसार सुदुरपश्चिम कृषिले ६९, गण्डकीले ६० दशमलब ५६, प्रदेश नम्बर १ को कृषिले ५९ प्रतिशत खर्च गरेको छ । त्यस्तै ५ नम्बर प्रदेशको कृषिले  ५२, २ नम्बर प्रदेशले ५० र ३ नम्बर प्रदेशले ३० प्रतिशत खर्च गरेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया