तेस्रो वरियता नपाएसम्म मेरो विरोध जारी रहन्छ : खनाल

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३२, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 17 August 2019 | 32 Shrawan 2076

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य झलनाथ खनालले पार्टीमा तेस्रो वरियतामा नराखेसम्म आफ्नो विरोध जारी रहने बताउनुभएको छ । पार्टी एकता पक्रीयाकै क्रममा तेस्रो वरियतामा राख्ने सहमति भएपनि कार्यन्वयन नभएको खनालले गुनासो गर्नुभयो ।

रेडियोकान्तिपुरसंग विहान कुरा गर्दै नेता खनालले भन्नुभयो,  म नभएका बेलामा वरियता मिच्ने काम भएको छ । मैले लामो समय देखि यसको विरोध गर्दै आएको छु र सचिवालयको हिजोको बैठकमा पनि पार्टीमा वरियताबारे कुरा उठाएको छु ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया