बालिका बलात्कारको आरोपमा एक पक्राउ

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३२, २०७६ | भोजपुर

भोजपुरबाट बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्र बहादुर विकलाई अरुण गाउँपालिका–७, की १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । 

विकले गएको साउन २८ गते राति जनश्रम प्राथामिक विद्यालय जरायोटारमा लगेर बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । विकले बालिकालाई विवाह गर्ने बहानामा बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

बालिकाको जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका विकमाथि जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया