घाँटी रेटी श्रीमतीको हत्या

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३२, २०७६ | वीरगञ्ज

पर्साको कालिकामाई नगरपालिका–५ की ३५ वर्षीया संगीतादेवी कुर्मीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा कुर्मीका श्रीमान् मुक्तिनारायण राउतलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

सामान्य घरायसी झगडामा नारायणले श्रीमतीको घाँटीमा धारिलो हतियारले प्रहार गरेका इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ । कुर्मीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्जमा राखिएको छ । 

 


प्रतिक्रिया