बंगलादेशको ढाकामा भिषण आगलागी, ५० हजार घरबारविहिन

भाद्र १, २०७६

- बंगलादेशको ढाकामा भिषण आगलागी हुँदा ५० हजार घरबारविहिन भएका छन् । सुकुम्बासी ईलाकामा रहेका छाप्रोमा आगलागी हुँदा १५ हजार घर जलेर नष्ट भएको बीबीसीले उल्लेख गरेको छ । प्लाष्टिकको छाना भएका ति घरहरुबाट सजिलै आगो फैलिएको हो ।

केही घाइतेको स्थानिय अस्पतालमा उपचार भैरहेपनि हताहती भने नभएको जनाइएको छ । न्यून आम्दानीमा गुजारा गरिरहेका परिवारको घर नष्ट भएको छ । जसमध्ये  मुस्लिम समुदाय बकर ईद मनाउन अन्यत्र गएका बेला उनीहरुको घर जलेको हो । आगलागीको कारण बारे बंगलादेश प्रशासनले कुनै प्रतिक्रिया नदिएको बीबीसीले उल्लेख गरेको छ । आगो नियन्त्रणका लागि ६ घण्टा लागेको थियो ।  


प्रतिक्रिया