म्यानचेष्टर सिटी टटनहृयामसँग बराबरीमा रोकियो 

भाद्र १, २०७६

- इङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर सिटी टटनहृयामसँग २–२ को बराबरीमा रोकिएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी अंक बाँड्न बाध्य भयो । खेलको २० औँ मिनेटमा राहिम र्स्टलिङको गोलबाट अग्रता बनाएको सिटीले त्यसको ३ मिनेट लगत्तै गोल खाएको थियो । एरिक लामेलाले गोल गर्दै टटनहृयामलाई बराबरीमा पुर्‍याएका थिए ।

३५ औँ मिनेटमा सर्जियो अगुईरोले गोल गरेपछि सिटी दोस्रो पटक अग्रता लिन सफल भयो । तर ५६ औँ मिनेटमा लुकास मौराले गोल गर्दै टटनहृयामलाई २–२ को बराबरीमा पुर्याए । प्रतिस्पर्धात्मक खेलको ईन्ज्युरी समयमा सिटीका ग्राबियल जिससले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रि भारले अफसाईट घोषणा गरेपछि सोही नतिजा निर्णायक बन्यो । २ खेलबाट दुबै टोलीको समान ४ अंक भएको छ । 

गएराती नै भएका अन्य खेलहरुमा लिभरपुल, आर्सनल, नर्विच र बर्नमाउथ विजयी भएका छन् । लिभरपुलले साउथ हेम्प्टनलाई तथा आर्सनलले बर्नलीलाई समान २–१ ले हराउदा न्यु क्यासल युनाईटेडविरुद्ध नर्बिच ३–१ ले विजयी भयो । एष्टन भिल्ला बर्नमाउथसँग २–१ ले पराजित हुँदा, एभर्टनले वाटफोर्टलाई १–० ले स्तब्ध पार्यो । बेष्ट हृयाम र ब्राईटन एण्ड होभ एल्बियनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।  

 


प्रतिक्रिया