पार्टी एकताका बाँकी कामलाई पुर्णता दिन नेकपाको सचिवालय बैठक बस्दै

रेडियो कान्तिपुर संवाददाता

भाद्र १, २०७६ | काठमाडौं

- केन्द्रीय सदस्यहरुको कार्य विभाजन, पोलिटब्युरो गठनसंगै पार्टी एकताका बाँकी कामलाई पुर्णता दिन नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ४ बजे बस्ने बैठकमा एकता सम्वन्धी सवै प्रक्रिया टुङ्ग्याउनेबारे छलफल हुने सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो ।

हिजो बस्ने भनिएको बैठक नेताहरुको कार्यब्यस्तताका कारण आजका लागि सारिएको हो । 

नेकपामा अब जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको एकता प्रक्रिया टुङग्याउन बाँकी छ  छ । आजको बैठकले नेताहरुको कार्यविभाजन सम्वन्धी मापदण्ड तयार पार्ने खनालले बताउनुभयो ।

भदौ पहिलो साता भित्रै एकताका सम्पुर्ण काम सक्ने गरी तयारी भईरहेको खनालले बताउनुभयो । नेकपाको ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठन लगायतका बिषयमा पनि सचिवालय बैठकमा छलफल हुनेछ । 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच गतवर्ष जेठ ३ गते पार्टी एकता भएपनि पार्टीका अन्य निकायको एकता पेचिलो बन्दै गएको थियो । मुख्य विवाद रहेको बिभागको नेतृत्वका बिषयमा शुक्रबारको बैठकले निर्णय गरेसंगै नेकपाको एकता प्रक्रियाको काम अन्तिम चरणमा पुगेको हो ।  


प्रतिक्रिया