भिटामिन ए र जुकाको औषधी उपलव्ध गराउन युनिसेफसँग आग्रह

रेडियो कान्तिपुर संवाददाता

भाद्र १, २०७६ | काठमाडौं

- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ए र जुकाको औषधी उपलव्ध गराउन संयुक्त राष्ट्रसंघको बालबालिका शिक्षा कोष युनिसेफसँग आग्रह गरेको छ । आगामी कार्तिक महिनामा खुवाईने भिटामिन ए कार्यक्रमका लागि आवश्यक औषधि समयमा खरिद हुन नसकेपछि सरकारले युनिसेफसँग आग्रह गरेको हो ।

भिटामिन ए क्याप्सुल र जुकाको औषधी खरिदका लागी प्रक्रिया अघि बढाएपनि तोकिएको समयमा आउने सम्भावना नरहेको स्वास्थ्य सेवा विभागका डाक्टर सुरेन्द्र चौरसियाले बताउनुभयो । प्रत्येक वर्षको कार्तिक र वैशाखमा ६ महिनादेखि ५ वर्ष उमेरका बालबालिकालाई स्वास्थ्य मन्त्रालयले भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ । अन्तर्राष्ट्रिय ठेक्कामार्फत भिटामिन ए र जुकाको औषधि खरिद गर्ने प्रक्रियालाई कम्तीमा ६ महिना लाग्ने चौरासियाको भनाई छ । 

 


प्रतिक्रिया