बेलायतमा कुनै पनि वस्तु भित्र्याउने कानुनी आधार नरहने गोप्य दस्तावेज सार्वजनिक

भाद्र १, २०७६

- युरोपियन युनियनबाट बाहिरिने क्रममा बेलायतले कुनै सम्झौता नगरेको खण्डमा इन्धन, खाद्यसहित औषधिको अभाव सहनुपर्ने एक गोप्य दस्तावेज सार्वजनिक भएको  छ । इयुबाट  बहिर्गमन अघि कुनै सम्झौता नभए बेलायतमा कुनै पनि वस्तु भित्र्याउने कानुनी आधार नरहने गोप्य दस्तावेजमा उल्लेख छ ।

नयाँ सम्झौता नहुँदासम्म बेलायती जनताले औषधी र खाद्य सामाग्रीको अभाव झेल्नुपर्ने बेलायती सरकारको मन्त्रिपरिषदमा पेश भएको गोप्य प्रतिवेदनमा उल्लेख छ । सन्डे टाईम्सले प्रकाशित गरेको सो प्रतिवेदन बेलायत सरकारले सहमति विना बाहिरिएको अवस्थालाई आंकलन गर्न तयार पारेको दाबी गरिएको छ ।

बेलायताका प्रधानमन्त्री बोरिस जोनसनले सम्झौताका केही बुंदामा संशोधन गर्न गरेको आग्रह इयुले अस्विकार गरेपछि विना सम्झौता बाहिरिने बताउँदै आउनुभएको छ । बेलायतले संवैधानिक तथा आर्थिक संकट समेत खेप्नुपर्ने विश्लेषण गरिएको छ । अक्टोबर ३१ म सम्झौता सहित वा सम्झौता बेगर नै भएपनि ईयु छाड्ने जोनसनको भनाई छ । गत नभेम्बरमा पूर्व प्रधानमन्त्री टेरेसा मे सरकारसँग भएका सम्झौता पूर्ण रहेकाले पुनरावलोकन हुनै नसक्ने इयुको तर्क छ ।

 


प्रतिक्रिया