कश्मिरमा पुनः प्रतिबन्ध

रेडियो कान्तिपुर संवाददाता

भाद्र १, २०७६ | काठमाडौं

- भारत सरकारले कश्मिरको मुख्य शहर श्रीनगरमा आज पुनः प्रतिबन्ध लगाएको छ । स्थानीयबासी र प्रहरीबीच गएराती झडप भएपछि भारत सरकारले पुनः प्रतिबन्ध लगाएको हो ।

कश्मिरलाई प्रदान गर्दै आएको बिशेषाधिकार खोस्ने भारत सरकारको निर्णय विरुद्ध श्रीनगरमा बृहत्त प्रदर्शन समेत भएको थियो । भारत सरकारले सो निर्णय गरेलगत्तै कश्मिरमा सञ्चार सम्पर्क नै विच्छेद गरी पूर्ण प्रतिबन्ध लगाइएको थियो ।

शनिबार सो प्रतिबन्ध हटेलगत्तै विभिन्न स्थानमा बृहत प्रदर्शन तथा झडप भएपछि दिल्लीले पुनः प्रतिबन्ध लगाएको हो । त्यहाँ कर्फ्यू नै लागेको स्थानीयले बताएका छन् । भारत सरकारले भने कफ्यू आदेश जारी नभएको बताउदै आएको रोयटर्सले उल्लेख गरेको छ । 


प्रतिक्रिया