आईकाओ सम्मेलन काठमाडौंमा सुरु

रेडियो कान्तिपुर संवाददाता

भाद्र २, २०७६ | काठमाडौं

 - एसिया प्यासिफिक क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको ५६ औँ सम्मेलन काठमाडौमा आज सुरु हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले केहीवेरमा उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यू काठमाडौ आइसक्नुभएको छ ।

नागरिक उड्ययन क्षेत्रमा देखिएका चुनौती र सम्भावना तथा आईकाओका विभिन्न एजेण्डाहरुमाथि सम्मेलनमा छलफल हुने नागरिक उड्डयन प्राधिकरणका राजु श्रेष्ठले जानकारी दिनुभयो । सो क्रममा ५४ वटा कार्यपत्रहरु प्रस्तुत गरिने छन् ।  

सम्मेलनमा हवाई क्षेत्रका ४ सय प्रतिनिधि सहभागि हुने जनाइएको छ ।  नेपालले आयोजना गर्न लागेको यो तेस्रो सम्मेलन हो । यसअघि १९७८ र १९९८ मा समेत नेपालले सम्मेलन आयोजना गरेको थियो । सम्मेलन आगामी शुक्रबार सकिनेछ ।   

 


प्रतिक्रिया