राजपा अध्यक्ष मण्डलको बैठक बस्दै

रेडियो कान्तिपुर संवाददाता

भाद्र २, २०७६ | काठमाडौं

- पार्टीको केन्द्रीय महाधिवेशनको तयारी र समसामायिक राजनीतिबारे पार्टीको धारणा तय गर्न राष्ट्रिय जनता पार्टी राजपा अध्यक्ष मण्डलको बैठक आज बस्दैछ । राजधानीको बबरमहलस्थित पार्टी कार्यलयमा अपरान्ह बस्ने बैठकमा संविधान संसोधनका लागि सरकारलाई दिएको दबाब, आगामी रणनीति, लाल आयोगको प्रतिवेदनमा सरकारले देखाएको गैर जिम्मेवारीपन लगायतका विषयमा छलफल हुने अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले जानकारी दिनुभयो । 

संविधान संसोधनको विषयमा प्रधानमन्त्रीलाई भेटर एक साताको अल्टिमेटम दिने र सो अवधिमा पनि ठोस प्रगति नभए, सडक संर्घषमा जाने राजपाको तयारी छ । पटक–पटक सरकारबाट आश्वासन आएपनि त्यसमा कुनै प्रगति हुन नसकेको भन्दै राजपाले अब उधारो  आश्वासन नमान्ने बताएको छ ।

कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको रिहाईका लागि पनि थप दवाब आवश्यक रहेको उसको ठहर छ । चौधरीलाई जिल्ला अदालत कैलालीले टिकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाए लगत्तै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।   त्यस्तै आजको बैठकमा संसदीय गतिविधिमा पार्टीले खेलेको भूमिकाबारे पनि आजको बैठकमा छलफल हुने संयोजक यादवले बताउनुभयो । 

 


प्रतिक्रिया