पहिला झलनाथ, अब मलाई अपमानित गर्‍यो : नेपाल

भाद्र २, २०७६ | जनकपुर

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको मर्यादाक्रममा आफूलाई अपमानित गर्ने काम भएको आरोप लगाउनु भएको छ । पहिला झलनाथ खनाललाई र अब आफूलाई अपमानित गर्ने काम भएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

नेता नेपालले नेकपाका अध्यक्ष दाहालकै सामुन्नेमा आफ्नो मर्यादाक्रमलाई लिएर असन्तुष्टि जनाउनुभयो । जनकपुर विमानस्थलमा पत्रकारसँग नेता नेपालले यस्तो बताउनु भएको हो ।

‘पार्टीमा भएको गल्तीका कारण मलाई अपमानित गर्ने कोसिस भएको छ,’ विमानस्थलमा पत्रकारसँग नेता नेपालले भने, ‘पूर्व एमालेको विधान बमोजिम झलनाथ खनाललाई पहिलो चरणमा अपमानित गरियो । दोश्रो चरणमा मलाई पनि अपमानित गर्ने कोसिस भएको छ । राजनीतिमा गल्ती गर्नु हुँदैन । गल्तीहरु भएका छन् ।’

उहाँले पार्टीको मर्यादाक्रम सच्चयाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपाको सचिवालयमा वरिष्ठ व्यक्तिहरु परेका छैनन् । कनिष्ठहरु परेका छन् । उप महासचिवस्तरको व्यक्तिहरु समेत छुटेका छन् ।’ 


प्रतिक्रिया