पाथीभरा गोल्डकपमा आज २ झापाली क्लब रेडस्टार र गोर्खा स्पोर्टिङ भिड्दै 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | ताप्लेजुङ

- ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकप फुटवल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज २ झापाली क्लब रेडस्टार र गोर्खा स्पोर्टिङ क्लवबीच प्रतिस्पर्धा हु“दैछ । झापा ११ का कर्ण लिम्वू, पूजन उपरकोटि, निरज बस्नेत, बिकास थुलुङ, तथा थ्रिस्टारका बुद्ध चेम्जोङलाई टोलीमा राखेको रेडस्टार गोर्खा र्स्पोटिङ क्लबको चुनौती पाखा लगाउदै सेमिफाइनल पुग्ने योजनामा छ । 

गोर्खाले भने क्यामरुनी क्लब दाउफिन्सका ३ खेलाडीसंगै थ्री–स्टारका बिजय धिमाल, मनाङका दिपक राइ र सुरज विकसहित ए डिभिजन खेलेका खेलाडिलाई रेडस्टारबिरुद्ध मैदान मैदान उतार्नेछ ।  क्वार्टरफाइनल भिडन्त ताप्लेजुङ सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा दिउ“सो सा“ढे २ बजे सुरु हुनेछ । 

यसअघि हिजो भएको खेलमा पाहुना टोली युके एफसी दार्जेलिङलाई २–० ले हराउ“दै सुनसरीको एलेभेन एरोजले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा भोलिबाट सेमिफाइनल चरणका खेल सुरु हुनेछन् । 

 


प्रतिक्रिया