एभीसी सेन्ट्रल जोन भलिबलमा आज विभिन्न तीन खेल हुँदै 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | काठमाडौं

- एभीसी एसियन सिनियर मेन्स भलिबल च्याम्पियन्सीप प्रतियोगितामा आज विभिन्न ३ खेल हुँदैछन् । ललितपुरको लगनखेलस्थित नेपाल आर्मीको कर्भड हलमा आजको पहिलो खेलमा अपरान्ह ३ बजे समुह बी अर्न्तगतका अफगानिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् ।

हिजो भएका खेलमा पराजित यी दुबै टोली पहिलो जित निकाल्ने योजनामा रहने छन् । उद्घाटन खेलमा अफगानिस्तान तुर्कमिनिस्तानसंग पराजित भएको थियो । बंगलादेश भने उज्वेकिस्तानसँग पराजित भएको थियो । 

आजको दोस्रो खेलमा समुह बी अर्न्तगतका तुर्कमेनिस्तान र उज्वेकिस्तान आमने सामने हुनेछन् । पहिलो खेलमा जित निकालेका दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् । सोहि कोर्टमा साँझ ५ बजे दोस्रो खेल सुरु हुनेछ । 

तेस्रो खेलमा राती ७ बजे समुह ए अर्न्तगतका माल्दिभ्स र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल खेल्न लागेको माल्दिभ्स किर्गिस्तानबिरुद्ध शसक्त प्रर्दशन गर्दै जित हात पार्ने योजनामा रहँदा, आयोजक नेपाललाई हराएको किर्गिस्तान शत प्रतिशत नतिजासंगै सेमिफाइनल पुग्ने योजनामा हुनेछ । ७ टोली सहभागी प्रतियोगिताको दोस्रो खेलमा नेपालले भोलि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

 


प्रतिक्रिया