प्रदेशको नाम साझा र पहिचान झल्किने राख्नुस : अध्यक्ष दाहाल

भाद्र ३, २०७६ | धनुषा

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ को साझा नाम राख्न प्रदेशसभा सदस्यहरुलाई सुझाएका छन् । प्रदेशको प्रतिनिधित्व गर्ने साझा र पहिचान झल्किने नाम राख्न सांसदहरुलाई उहाँले सुझाउनु भएको हो ।

आपसमा विवाद गरेर नाम तोक्नुको तुक छैन, उहाँले भन्नुभयो, ‘सीमित व्यक्तिको स्वार्थ, जातलाई अधार बनाएर प्रदेशको नाम राख्न मिल्दैन । आन्दोलन र भू–भागलाई ध्यानमा राखेर प्रदेशको नाम बारे बहस गर्नुस ।’

बहसबाट आएका नामहरुलाई आधार बनाएर प्रदेशको नाम पार्टीको सचिवालयबाट टुंगो लगाउने उहाँले बताउनुभयो । प्रदेश २ को प्रदेश सभामा मंगलबार नेकपा संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले प्रदेश सांसदहरुलाई सबैलाई मान्य हुने प्रदेशको साझा नाम प्रस्ताव गर्न सुझाव दिनु भएको हो । 

अध्यक्ष दाहालको सुझाव अनुसार प्रदेश २ का नेकपाका सांसदहरुले प्रदेशको नाम बारे मंगलबार संसदीय दलको बैठकमा छलफल गरेका थिए । सांसदहरुबाट संकलन गरिएको नाम केन्द्रमा पठाउने छन् । 


प्रतिक्रिया