न्यूयोर्कमा नेपाल भ्रमण बर्षको प्रचार 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | काठमाडौं

- अमेरिकाको न्यूयोर्कमा आयोजित ब्लक पार्टी, स्ट्रिट फेस्टिवलमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरिएको छ । क्वीन्स नेप्लिज लायन्स क्लबले फेस्टिबलमा स्टल नै राखेर भिजिट नेपाल–२०२० बारे प्रचार गरेको हो ।

कार्यक्रममा नेपालको परिचयका साथै भ्रमण वर्ष बारे पर्चा, पम्प्लेट र पुस्तिका समेत बाँडिएको क्वीन्स नेप्लिज लायन्सका अध्यक्ष पुरुषोत्तम पन्थीले जानकारी दिनुभयो । 

प्रचार सामग्रीमा विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका स्थान, ट्रेकिङ, साहसिक खेल, राष्ट्रिय निकुञ्ज, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथा, विझिन्न ताल, मुक्तिनाथ लगायतबारे जानकारी राखिएको थियो । 

कार्यत्रममा क्लवका अध्यक्ष पन्थीले सिनेटर रामोस र उनको टिमलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै सहयोगका लागि आग्रह समेत गरेका थिए । 

 


प्रतिक्रिया