एलाभेन एरोज सेमिफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | ताप्लेजुङ

एलाभेन एरोज सुनसरी, पाथीभरा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज भएको तेस्रो क्वार्टरफाइनलमा पाहुना टोली युके एफसी दार्जिलिङलाई २–० गोल अन्तरले पाखा लगाउँदै सुनसरीले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

सुनसरीको जितमा दुवै गोल विदेशी खेलाडी यलिक यानाले गरे । यानाले खेलको ५० र ६१ औँ मिनेटमा गोल गरे । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा भोलि साविक विजेता रेडस्टार क्लव झापा र गोर्खा स्पोर्टिङ क्लव दमकबीच हुनेछ ।  


प्रतिक्रिया