चन्द समूहका तीन कार्यकर्ता पक्राउ

भाद्र ४, २०७६ | सल्यान

नेक्रवित्रम चन्द समूहका ३ जना कार्यकर्ता सल्यानबाट पक्राउ परेका छन् । छत्रेस्वरी गाउँपालिका ६ लान्ती गरिज्युलास्थित खैराबाङ्ग भगवती मन्दिरको गुठीको जग्गा कब्जा गरेर झन्डा गाड्ने, आर्थिक सहयोगका लागि श्रीनगर बजारका ब्यापारीलाई पत्र दिई चन्दा संकलन गरेको र ब्यानर बनाउन सहयोग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

चन्दा संकलन कार्यमा संलग्न रहेका बाग्चौर नगरपालिका ५ बस्ने चन्द समूहको विद्यार्थी संगठनका सदस्य १९ वर्षीय महेश कुमार विक, शारदा नगरपालिका १३ स्यानीखालका १८ वर्षीय सुरेश भारतीलाई पक्राउ गरेको हो । यस्तै, चन्द समूहका ब्यानर बनाई सहयोग गर्ने त्रिवेणी गाउँपालिका ४ घर भई हाल श्रीनगरमा केसी डिजिटल आर्ट सञ्चालक हरि केसीलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

पक्राउमा परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी नायक उपरीक्षक विरेन्द्रबहादुर शाहीले बताउनुभयो । सरकारद्धारा प्रतिबन्धित पार्टीलाई सहयोग गरी गैरकानूनी काम गरेकाले केसी डिजिटल आर्टका सञ्चालकलाई हिजो पक्राउ गरिएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया