ट्रम्प प्रशासनले ल्यायो नयाँ कानून

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०७६ | बीबीसी

दक्षिणी सीमा हुंदै गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने परिवारलाई अनिश्चितकालका लागि नियन्त्रणमा राख्न सक्ने नयाँ कानून ट्रम्प प्रशासनले ल्याईएको छ । गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेका अभिभावकसंगै रहेका बालबालिकालाई कस्टडीमा राख्ने समय निश्चित हुनुपर्ने यसअघिको व्यवस्थालाई नयाँ कानूनले प्रतिस्थापन गरेको छ । 

अब त्यस्ता बालबालिका नियन्त्रणमा रहने अवस्था निर्धारण गर्नुपर्ने बाध्यता हट्ने बीबीसीले उल्लेख गरेको छ । नयाँ कानून ६० दिनपछि कार्यान्वयनमा आउने त्यहाँको होमल्याण्ड सेक्युरिटि विभागले जनाएको छ ।

विभागका अनुसार बालबालिका सहित अमेरिका प्रवेश गरे बन्दी हुनु नपर्ने ब्यवस्थाका कारण सिंगै परिवार अमेरिका प्रवेश गर्ने क्रम बढेकाले नयाँ ब्यवस्था ल्याइएको हो । मेक्सिकोले भने नयाँ व्यवस्थाप्रति आपत्ति जनाउँदै यसविरुद्ध कानूनी उपचार खोज्ने बताएको छ । 


प्रतिक्रिया