पाँचौ स्थानका लागि नेपालले आज अफगानिस्तानको सामना गर्दै 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | काठमाडौं

- एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको पाँचौ स्थानको लागि नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समुह एको पुछारमा रहेको नेपालले समुह बीको तेस्रो स्थानमा रहेको अफगानिस्तानसँग पाँचौ र छैठौँ स्थानको बरियताका लागि प्रतिस्पर्धा गर्न लागेको हो । 

ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मीको कभर्ड हलमा दिउँसो ३ बजे नेपाल र अफगानिस्तानबिचको प्रतिस्पर्धा सुरु हुनेछ । आजै माल्दिभ्स र तुर्कमेनिस्तनबिच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । खेल सोही कोर्टमा साँझ ५ बजे सुरु हुनेछ ।  

सेन्ट्रल जोन भलिवलको उपाधीका लागि उज्बेकिस्तान र किर्गीस्तानबीच भोलि फाइनल खेल हुनेछ । 

 


प्रतिक्रिया