ठिमीमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु 

भाद्र ६, २०७६ | भक्तपुर

भक्तपुरको नयाँ ठिमीमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिकाको सूर्यविनायक–तीनकुने ६ लेन सडकखण्ड अन्तर्गत नयाँ ठिमी चारदोबाटो स्थित दुर्घटना हुँदा मध्यपुर ठिमी–५ कमेरेटारका २२ वर्षीय राजेश गोजाको मृत्यु भएको हो ।

भक्तपुरबाट काठमाडौं तर्फ आउँदै गरेको बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र बालकोट तर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका गोजाको उपचारकै क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताउनुभयो ।

घाइते स्कुटर चालक भक्तपुर नगरपालिका–५ तौमढीका ३१ वर्षीय प्रविण लोहलाको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया