नेपाल प्रहरी भर्ना खुल्यो

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | काठमाडौं

नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कुल ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्ना दरखास्त आहृवान  गरिएको छ ।  नयाँ भर्ना मध्ये प्रहरी जवानमा ३ हजार ५ सय ९६ा र कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी जवान र कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनकपुर हाल राजविराज सप्तरी, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत हाल नेपालगञ्ज र दिपायल तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

भर्ना हुन इच्छुक नेपाली नागरिकले भदौ ९ गतेदेखि असोज १३ गतेसम्म सम्बन्धित कार्यालयमा, कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । 

 


प्रतिक्रिया