नेपालसँग अफ्गानिस्तानलाई ३ - १ ले पराजित 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | ललितपुर

अफ्गानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै आयोजक नेपाल, एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पाँचौ भएको छ । ललितपुरको लगनखेलमा भएको खेलमा नेपालले अफगानिस्तानलाई २५–२३, २३–२५, २५–१८ र २६–२४ ले पराजित गर्‍यो ।

तेस्रो स्थानका लागि अहिले मालदिभ्स र तुर्कमेनिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ । उपाधिका लागि भोलि उज्बेकिस्तान र किर्गीस्तान आमनेसामने हुनेछन् । 

यसैबीच, एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिवल च्याम्पियनसिपको छैटौं संस्करण बगंलादेशमा हुने भएको छ । एशियन सेन्ट्रल जोनको आज काठमाडौमा भएको साधारणसभाले छैटौं संस्करण सन् २०२० को मार्चमा बगंलादेशमा गर्ने निर्णय गरेको हो ।

बगंलादेशले यसअघि पहिलो, दोस्रो र चौंथो संस्करण आयोजना गरिसकेको छ । यस्तै यो वर्ष महिलाहरुको प्रतियोगिता आगामी नोभेम्बरमा बगंलादेशमा गर्ने र २०२० को संस्करण मालदिभ्समा गर्ने निर्णय भएको नेपाल भलिवल संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिनुभयो । 


प्रतिक्रिया