हेटौंडास्थित बधशाला पर्सिबाट सञ्चालनमा आउने

भाद्र ६, २०७६ | काठमाडौं

मकवानपुरको हेटौंडामा रहेको आधुनिक पशु बधशाला पर्सि आइतबारदेखि सञ्चालनमा आउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रदेश ३ को कृषि मन्त्रालय, हेटौंडा उपमहानगरपालिका र मासु व्यवाशायीको पहलमा बधशाला पुनः संचालनमा आउने भएको हो ।

उपभोक्तालाई स्वास्थकर मासु उपलब्ध गराउने, अव्यवस्थित बध प्रक्रियालाई अन्त्य गर्ने, पारिश्रमिक तिरेर अन्य उपभोक्ताले पनि पशु बध गराउने उदेश्यले बधशाला सञ्चालन गर्न लागिएको हो । मन्त्रालयले ६१ लाख २९ हजार र संस्थाले ७० लाख सहयोगमा बधशाला सञ्चालन हुन लागेको हो ।

डेनिस सरकारको सहयोगमा विस २०२७ सालमा निर्माण भएको आधुनिक बधशाला २०३३ सालमा बन्द भएको थियो । पछि बफेलो फुड्ले स्वामित्व लिएर सञ्चालन गरेको बधशाला २०७२ को भूकम्प पछि भारतले नाकाबन्दी लगाएपछि पशुचौपाया बन्द भएको थियो ।

५४ दशमलव २५ रोपनी क्षेत्रफलमा फैलिएको बधशाला सञ्चालन गरेर नमूना काम गर्न लागेको प्रदेश ३ का कृषि सचिव डा योगेन्द्र कार्कीले बताउनुभयो । सो बधशालाको अवलोकन गर्दै कृषि तथा पशुपन्छी विकास मन्क्री चत्रपाणी खनालले हेटौंडा जस्तै अन्य स्थानमा बन्द रहेका बधशाला पुनः सञ्चालन र नयाँ निर्माणका लागि पहल गर्ने कृषि मन्त्री खनालको भनाई छ । 

यसैबीच, बफेलो फुडले २ वटा चिस्यान घर र ४ वटा चिस्यान गाडी किन्नका लागि आर्थिक सहयोग उपलब्ध गराइदिन मन्त्री खनालसँग आग्रह गरेका छन् । सुरुमा बध गरिएको मासु काठमाडौ र हेटौंडाका विभिन्न बजारमा पठाइने बधशाला साझेदार संस्था बफेलो क्वालिटी फुडका सञ्चालक सैयाद रियाजौद्दिइनले जानकारी दिनुभयो । उहाँका अनुसार बधशालामा प्रतिघन्टा २० वटा राँगा भैंसी बध गर्न सकिने छ । राँगा, खसीबोका र कुखुरा बध गर्न सकिने भएपनि सुरुमा राँगा मात्र बध गरिनेछ । 


प्रतिक्रिया