पाथीभरा गोल्डकपको उपाधि इलेभेन एरोजले उचाल्यो

भाद्र ६, २०७६ | ताप्लेजुङ

ताप्लेजुङमा सम्पन्न पाथीभरा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि इलेभेन एरोज क्लब दुहवी सुनसरीले उचालेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज भएको फाइनलमा सुनसरीले रेडस्टार फुटबल क्लब विर्तामोड झापालाई टाईब्रेकरमा पराजित गर्दै उपाधि हत्याएनो हो ।

निर्धारित समयमा दुवैतर्फबाट २–२ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको हो । योगेश गुरुङ र बिकास थुलुङ गोल गर्न चुकेपछि रेड स्टार उपाधि रक्षा गर्नबाट चुकेको हो ।

इलेभेन एरोजका रुपेश केसी, जीवन धामी, विश्व एप्स र उमेश कार्की, गोल गर्न सफल भए । रेड स्टारका पूजन उपरकोटी र विशाल लिम्बूले मात्रै गोल गर्न सके । सुनसरीले उपाधि सहित ३ लाख ११ हजार रुपैयाँ सहित ट्रफि प्राप्त गर्‍यो भने झापाले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो ।


प्रतिक्रिया