उज्बेकिस्तान र किर्गीस्तानबीच प्रतिस्पर्धा हुँदै

रेडियो कान्तिपुर संवाददाता

भाद्र ७, २०७६ | ललितपुर

- एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधिका लागि आज उज्बेकिस्तान र किर्गीस्तानबीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको लगनखेलमा दिउँसो २ बजेपछि खेल सुरु हुने छ । मालदिभ्सलाई हराउँदै उज्वेकिस्तानले फाइनलमा स्थान बनाएको हो भने तुर्केमिनिस्तानलाई पाखा लगाउँदै किर्गिस्तानले उज्वेकिस्तानसँगको भेट पक्का गरेको हो ।

७ राष्ट्र सहभागी च्याम्पियनसिपमा तुर्केमिनिस्तान तेश्रो, माल्दिभ्स चौथो, नेपाल पाँचौं भएका छन् । हिजो अफ्गानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै आयोजक नेपाल, एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पाँचौ भएको हो । 

यसेबीच, एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिवल च्याम्पियनसिपको छैटौँ संस्करण बगंलादेशमा हुने भएको छ । एशियन सेन्ट्रल जोनको हिजो काठमाडौँमा भएको साधारणसभाले छैटौँ संस्करण सन् २०२० को मार्चमा बगंलादेशमा गर्ने निर्णय गरेको हो ।

बगंलादेशले यसअघि पहिलो, दोस्रो र चौथो संस्करण आयोजना गरिसकेको छ । यस्तै यो वर्ष महिलाहरुको प्रतियोगिता आगामी नोभेम्बरमा बगंलादेशमा गर्ने र २०२० को संस्करण मालदिभ्समा गर्ने निर्णय भएको नेपाल भलिवल संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिनुभयो । 


प्रतिक्रिया