अष्ट्रेलियामा तीजको रौनक

भाद्र ७, २०७६ | अस्ट्रेलिया

महिलाहरुको चाड । त्यसमा पनि पुरुषहरुले आयोजना गरिदिएको अनि उनीहरुले बनाएर तयार पारेको दर । अस्ट्रेलियामा यसवर्षको तीज महिलाहरुलाई मात्र नभएर अष्ट्रेलियामा रहेका दोस्रो पुस्ताका बालिकाहरुलाई समेत उत्तिकै लागेको छ ।

तीजका गीतमा रमाउने नाच्ने गाउने त छँदैछ, महिलाहरुले एकआपसमा भेटेर भलाकुसारी गर्ने अवसरका समेत तीजलाई लिने गरेका छन् । १ लाख बढी जनसंख्या भएको अष्ट्रेलियाको यसवर्षको तीज अन्य वर्षहरुको भन्दा अर्कै रौनक लिएर आएको छ ।

नारी निकुञ्ज, नेपाली पाठशाला, नेपाली विद्यालय लगायतका सामाजिक संस्था नै तीजको आयोजना गर्न अग्रसर हुन थालेपछि सहभागिता समेत उत्तिकै बढ्न थालेको छ । झन पछिल्लो समयमा त अष्ट्रेलिया सरकारले थोरै भएपनि सहयोग रकम दिन थालेपछि त कार्यक्रमको आयोजना गर्न नै पनि सहज हुन थालेको हो । यसवर्ष अष्ट्रेलियामा ४ दर्जन बढी तीजका कार्यक्रमहरु आयोजना भइरहेका छन् ।  


प्रतिक्रिया