लिभरपुलको अपराजित यात्रा कायमै

भाद्र ८, २०७६

- लिभरपुलले ईङलिस प्रिमियर लिग फुटबलमा अपराजित यात्रालाई तेस्रो खेलमा पनि जारी राखेको छ । आर्सनललाई ३–१ ले हराउँदै लिभरपुलले तेस्रो खेलमा पनि जितको श्रृंखला जारी राखेको हो । लिभरपुलको जितमा महम्मद सलाहले २ तथा जोएल माटिपले एक गोल गरे । आर्सनलका लुकास टोरेईराले सान्त्वना गोल फर्काए ।

४१ औँ मिनेटमा माटिपको गोलबाट अग्रता बनाएको लिभरपुलले ४९ औँ मिनेटमा अग्रता दोब्बर पारेको थियो । सलाहले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए । ५८ औँ मिनेटमा सलाहले ब्यक्तिगत दोस्रो गोल गर्दा टोली ३–० ले अघि रहृयो ।

४७ प्रतिशत बल पोजिशन बनाएको आर्सनलले ८५ औँ मिनेटमा सान्त्वना गोल फर्काएको थियो । लिभरपुलको ३ खेलबाट ९ अंक भएको छ । समान खेलबाट आर्सनल ६ अंकमा दोस्रो स्थानमा छ । 

गएराती नै लेष्ठटर सिटीले सिफिल्ड युनाईटेडलाई २–१ ले हराउँदा, वेष्टहृयामले वाटफोर्टलाई ३–१ ले स्तब्ध पार्यो ।

साउथ हेम्प्टनले ब्राईटन एण्ड होभ एल्बियनलाई २–० ले हराउदा म्यानचेष्टर युनाईटेड क्रिष्टल प्यालेससँग २–१ ले पराजित भयो । गएराती नै चेल्सीले नर्विचलाई ३–२ ले हराउँदै सिजनको पहिलो जित हात पार्यो ।  


प्रतिक्रिया