नेपालको राजनीतिक नेतृत्व भारतसँगको सम्बन्धलाई लिएर स्पष्ट छैन : परराष्ट्रविद् डा.उद्धव प्याकुरेल

रेडियो कान्तिपुर संवाददाता

भाद्र ८, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 25 August 2019 | 08 Bhadra 2076

परराष्ट्रविद् डा. उद्धव प्याकुरेलले भारतसँगको सम्बन्धलाई लिएर नेपाली उच्च राजनीतिक नेतृत्व स्पष्ट नभएकाले दुई देशबीचको समस्या समाधानमा अप्ठेरो परेको बताउनु भएको छ । भारतलाई साथमा लिए मात्र सत्ता टिकाउन मद्दत मिल्छ भन्ने बुझाई अझै पनि राजनीतिक तहमा हावी रहेको उहाँले सुनाउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उहाँले भन्नुभयो, जबसम्म नेपाली जनता र सांसदलाई रिझाएर सरकार सञ्चालन गर्न सकिन्छ भन्ने बुझाई राजनीतिक नेतृत्वमा आउन्न तबसम्म समस्या समाधान हुन सक्दैन । 

अन्य मुलुकभन्दा भारतसँग नेपालको सम्बन्ध पृथक रहेकाले त्यसलाई सुमधुर बनाउन पनि फरक सोच र शैली आवश्यक पर्ने डा. प्याकुरेलले बताउनुभयो । सीमा समस्या, विभिन्न सन्धीहरु पुनरावलोकन, व्यापार, पारवहन, प्रत्यक्ष लगानीबारेमा दुई देशबीच घनीभूत छलफल नै हुन नसकेको उहाँको तर्क छ । आफ्ना समस्याबारे कुन मञ्चमा कसरी प्रस्तुत हुने भन्नेमै नेपाली पक्षमा अलमल रहेको प्याकुरेलले उल्लेख गर्नुभयो । 

परराष्ट्रमन्त्री स्तरीय उच्चायोगको बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री एस जयशंकरले बैठकलाई भन्दा बढी समय र महत्व राजनीतिक भेटघाटलाई दिनु र त्यसको वातारवण तयार पार्नमा नेपाली राजनीतिक नेतृत्वले भूमिका खेलेबाट हामी कस्ता मुद्दामा ध्यान केन्द्रित गर्दैछौं भन्ने स्पष्ट भएको उहाँले सुनाउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया