खेलकुद परिषर निर्माणको प्रक्रिया सुरु

रेडियो कान्तिपुर संवाददाता

भाद्र ८, २०७६ | काठमाडौं

- अन्तर्राष्ट्रियस्तरका खेल एउटै छाना मुनी गराउने उद्धेश्यसहित बनाउने भनिएको खेलकुद परिषर निमार्णका लागि प्रक्रिया सुरु भएको छ । परिषर निर्माण गर्न जग्गा प्राप्तिका लागि जग्गा एकीकरणको काम सुरु भएको कार्यदलका सल्लाहकार महेश बस्नेतले बताउनुभयो ।

आयोजनाले भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नं ९ र १० तथा चाँगुनारायण नगरपालिकाको ८ र ९ वडाको सरकारी जग्गालाई एकै ठाउँमा ल्याउनेछ । ४ वडामा रहेको करिब १ हजार रोपनी जग्गामा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय परिषर निर्माण गरिनेछ ।

परिषर निमार्णका लागि युवा तथा खेलकुद मन्त्रालयले छिटै डिपीआर तयार गर्ने बस्नेतले बताउनुभयो । परिषरमा अन्तर्राष्ट्रियस्तरको रगंशाला, स्वीमिङ पुल र कभर्डहल निमार्णका लागि मन्त्रालयले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरिसकेको छ ।     

 


प्रतिक्रिया