मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

- दुर्गालाल केसी , दाङ

    भाद्र १७, २०७६

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लमहीबाट भालुबाङतर्फ जाँदै गईरहेको रा ३ प २०६१ र विपरीत दिशाबाट आउँदै गरेको लु १९ प ५५०६ नम्बरको मोटरसाइकल राप्ती गाउँपालिका ८ पिपरीमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

    मोटरसाइकल ठोक्किएको अवस्थामा पश्चिमबाट पूर्वतर्फ गईरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले थप ठक्कर दिएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा रा ३ प २०६१ नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका ४ का २८ वर्षीय डा. विनय चौधरी र पछाडि बसेका घोराही उपमहानगरपालिका १५ का २६ वर्षीय बालकृष्ण भण्डारी रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते दुबै जनाको उपचारका क्रममा गएराति लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताउनुभयो । लु १९ प ५५०६ नम्बरको मोटरसाइकल चालक राप्ती ८ का २७ वर्षीय दिपक मरासिनी घाइते भएको र उनको स्थानीय क्लिनिकमा उपचार भईरहेको उहाँले जानकारी दिनुभयो ।

    मोटरसाइकल ठोक्किएको अवस्थामा थप ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेको उहाँले बताउनुभयो ।

    प्रकाशित:भाद्र १७, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्