प्रत्येक ४० सेकेण्डमा १ जनाको आत्महत्या

भाद्र २३, २०७६ | काठमाडौं

- विश्वभर आत्महत्या गर्नेहरुको संख्या भयावह रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने गरेको डब्लुएचओले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख  छ ।

प्रत्येक बर्ष करिब ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन्, जुन विभिन्न युद्धमा परी मृत्यु हुनेको संख्या भन्दा बढी हो । अल्पविकसित र कम विकसित मुलुकमा भन्दा विकसित मुलुकमा आत्महत्या गर्नेको संख्या ३ गुणाले बढी रहेको भन्दै डब्लुएचओले आत्महत्यालाई दुरुत्साहन गर्ने योजना बनाउन सबै राष्ट्रहरुलाई आग्रह गरेको छ ।

तनावसंग जुध्न र आत्महत्या गर्ने साधनहरुलाई सर्वसाधारणको पहुँचबाट टाढा राख्न पनि आग्रह गरिएको छ ।

डब्लुएचओको प्रतिवेदनमा भनिएको छ, 'विश्वकै समस्याका रुपमा आत्महत्या रहेको छ, सबै उमेर, लिङ्ग र धर्मका मानिसहरु यसबाट प्रभावित छन् । यसतर्फ सबै सरकारहरुले बेलैमा सावधानी अपनाउन जरुरी छ ।' 

 


प्रतिक्रिया