समय अगावै आम निर्वाचन गराउने बेलायत सरकारको प्रयास दोस्रो पटक विफल

भाद्र २४, २०७६

- निर्धारित समय अगावै आम निर्वाचन गराउने बेलायत सरकारको प्रयास दोस्रो पटक विफल भएको छ । बेलायती सांसदहरुले समय अगावै आम निर्वाचन गराउने सरकारको योजनाको विपक्षमा मतदान गरेका हुन । सरकारले पेश गरेको प्रस्तावको पक्षमा २ सय ९३ सांसदले मात्रै मतदान गरेको थिए, जुन आवश्यक मत भन्दा निकै कम हो । मतदान अघि पनि बेलायती संसदमा ठूलो विवाद भएको थियो ।

 

 यसैबीच विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बोरिस जोनसनले कानुनी नीति मिचेर अघि बढ्न खोजे उनीमाथि पनि कानुनी कारबाही हुने चेतावनी दिएका छन् । बेलायतको कानुनअनुसार आगामी अक्टोबर ३१ तारिखमा कुनै किसिमको सम्भाmैता गरेर वा बिना सम्झौता बाहिरिनु पर्नेछ । तर सोमबार शाही स्वीकृती प्राप्त गरेको एउटा नयाँ कानुनले सो प्रावधान परिवर्तन गरेको छ । सो प्रावधानले कुनै किसिमको सम्भाmैता गरेर वा बिना सम्झौता बाहिरिने भन्ने सन्दर्भमा सांसदहरुले अनुमोदन नगरेसम्म सन् २०२० को जनवरीसम्म  बेक्जिट प्रक्रिया लम्ब्याउन प्रधानमन्त्री जोनसनलाई बाध्य बनाउन सक्ने बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया