सरकारले डेंगु नियन्त्रण गर्न सकेन– नेता पौडेल 

रेडियो कान्तिपुर संवाददाता

भाद्र २४, २०७६ | पोखरा

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले डेंगु रोग नियन्त्रण गर्न नसकेको आरोप लगाउनु भएको छ । बीपी जयन्तीको अवसरमा कास्की कांग्रेसले मंगलबार आयोजना गरेको कार्यक्रममा पौडेलले देशमा प्रकोपको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणमा सरकारले कुनै मेसो नपाएको उहाँले बताउनुभयो ।

पछिल्लो पटक सरकार सबै कुरामा असफल भइरहेको भन्दै डेंगु नियन्त्रण गर्न समेत सरकार असमर्थ भएको उहाँको भनाई थियो । पौडेलले कांग्रेस बीपीको सिद्धान्तमा अडिग भएर अगाडि बढ्न सके देशको पहिलो पार्टी बन्नेमा कुनै द्विविधा नरहेको बताउनुभयो ।

पार्टीभित्रको आन्तरिक कलहले चुनाव हार्ने गरेको स्मरण गर्दै पार्टी एक हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । अख्तियारले भष्ट्राचारमा मुछिएका नेतृत्व वर्गलाई कारवाही गर्न हात कमाएको नेता पौडेलले बताउनुभयो । एनसेल, वाइडवडी जस्ता ठूला काण्डमा मुछिएका नेता र नेतृत्वलाई कारवाही गर्न छाडेर अख्तियार साना कर्मचारी माथि जाइलागेको आरोप लगाउनुभयो । 


प्रतिक्रिया