विश्वकप छनोटको दोस्रो खेलमा नेपाल विजयी 

रेडियो कान्तिपुर संवाददाता

भाद्र २४, २०७६ | काठमाडौं

विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालले पहिलो जित हात पारेको छ । चाईनिज ताईपेईलाई २–० ले पराजित गर्दै नेपालले ३ अंक जोडेको छ । ताईपेईको घरेलु मैदानमा ४१ स्थान माथि रहेको ताईपेईलाई नेपालले अधिकांश समय दवावमा राखेको थियो ।

खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अन्जन बिष्टले नेपाललाई अग्रता दिलाएका हुन् । ६२ औं मिनेटमा अन्जनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल २–० को अग्रता बनाउन सफल भएको थियो । ताईपेईले गोलका केही अवसर बनाएपनि करीब आधा दर्जन प्रहार भने किपर किरण चेम्जोङले विफल पारिदिएका थिए ।

ताईपेईको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल कुवेतसंग र चाईनिज ताईपेई जोर्डनसंग पराजित भएका थिए ।  

 


प्रतिक्रिया