जोर्डन भ्यालीलाई आफ्नो मुलुकमा गाभ्ने इजरेलका प्रधानमन्त्री नेतान्याहुको घोषणा

भाद्र २५, २०७६

- इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वेष्ट ब्यांकको जोर्डन भ्यालीलाई आफ्नो मुलुकमा गाभ्ने घोषणा गर्नुभएको छ । विवादास्पद जोर्डन भ्याली र उत्तरी मृतसागरमा इजेरलको सरकारको स्वामित्वमा राख्ने नेतान्याहुले घोषणा गर्नुभएको हो ।

अन्य राजनीतिक  दलको समेत सहयोग रहने हुँदा नेतान्याहुलाई जोर्डन भ्याली इजरेलमा गाभ्न मुस्किल नहुने बीबीसीले उल्लेख गरेको छ । प्यालेष्टाइनले भने जोर्डन भ्याली गाभ्ने ईजरेली निर्णयले शान्तिका कुनै पनि अवसरलाई बाँकी नराख्ने बीबीसीले उल्लेख गरेको छ ।

इजरेलले सन् १९६७ मा वेष्ट बैंकमा नियन्त्रण जमाएपनि मुलुकमा गाभेको थिएन । आगामी मंगलबार हुने निर्वाचन अघि नेतान्याहुले यस्तो घोषणा गर्नुभएको हो । वेष्ट बैंक छुट्टै सार्वभौम मुलुक हुने पर्ने प्योलेष्टाईनले माग गर्दै आएको छ । सुरक्षाका कारण समेत सो क्षेत्र नछाड्ने इजरेलको अडान  छ 

 


प्रतिक्रिया