युरोकप छनोटको खेलमा इङ्ल्याण्ड, पोर्चुगल र फ्रान्स विजयी 

भाद्र २५, २०७६

- युरोकप छनोट फुटबलका पछिल्ला खेलमा ईङल्याण्ड, पोर्चुगल र फ्रान्स विजयी भएका छन् । समुह ए अन्तर्गतको खेलमा गएराती कोसोभोलाई ५–३ ले हराउँदै ईङल्याण्डले अपराजित यात्रा जारी राखेको हो । ४ खेलबाट १२ अंक जोडेको ईङल्याण्ड, एक खेल बढि खेलेको चेक रिपब्लिक भन्दा ३ अंकले अघि छ ।

इङल्याण्डको जितमा सान्चोले २ तथा राहिम स्र्टलिङ र हेरी केनले एक एक गोल गरे । अर्को गोल उसले उपहारस्वस्व पाएको थियो । पहिलो हाफमा ५–१ को अग्रता बनाएको इङल्याण्डले दोस्रो हाफमा २ गोल खाएको थियो । सोही समुहको खेलमा चेक रिपब्लिकले मोन्टेनेग्रोलाई ३–० ले स्तब्ध पार्यो । यो जितले उसलाई तालिकाको दोस्रो स्थानमा पुर्याएको छ । 

समुह बी अन्तर्गतको खेलमा पोर्चुगलले लिथुनियालाई ५–१ को फराकिलो अन्तरले हरायो । क्रिष्टियानो रोनाल्डो एक्लैले ४ तथा विलियन कारभाल्होले १ गोल गर्दै टोलीलाई शानदार जित दिलाए । ४ खेलबाट ८ अंक जोडेको पोर्चुगल तालिकाको दोस्रो स्थानमा छ । समुह बी कै खेलमा सर्बियाले लम्बेम्बर्गलाई ३–१ ले पराजित गर्यो । 

समुह एचको खेलमा फ्रान्सले अण्डोरालाई ३–० ले पराजित गर्यो । उसको जितमा किङस्ले कोमन, सेल्मेन्ट लेङलेट र वेन येडरले एक एक गोल गरे । ६ खेलबाट १५ अंक जोडेको फ्रान्स तालिकाको दोस्रो स्थानमा छ । गएराती नै टर्किले माल्डोभालाई ४–० ले पराजित गर्दै १५ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । 

आइसल्याण्ड भने अल्बानियासंग ४–२ ले स्तब्ध भयो ।    


प्रतिक्रिया