एनसेललाई कर छुट दिएर सर्वोच्चले गल्ती गर्यो : नेकपा प्रमुख सचेतक गुरुङ

रेडियो कान्तिपुर संवाददाता

भाद्र २५, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 11 September 2019 | 25 Bhadra 2076

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले एनसेललाई कर छुट दिएर सर्वोच्च अदालतले त्रुटी गरेको बताउनुभएको छ । एनसेललाई १८ अर्व रुपैयाँ कर छुट दिने सर्वोच्च अदालतको निर्णयको सांसदहरुले विरोध गरिरहेका बेला प्रमुख सेचतक गुरुङको यस्तो भनाई आएको हो । एनसेललाई कर छुट दिने न्यायाधीशहरुलाई महाअभियोग लगाउनु पर्ने आफ्नै पार्टीका सांसदहरुले माग गरिरहेका बेला प्रमुख सचेतक गुरुङले महाअभियोगको विकल्पमा जानुपर्ने बेला आईनसकेको बताउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया