जनताले कम्युनिष्टको विकल्प खोज्यो : नेता पौडेल

भाद्र २५, २०७६ | दमौली

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिष्टको विकल्प खोजेको बताउनु भएको छ । राष्ट्रिय जागरण अभियानका अवसरमा नेपाली कांग्रेस तनहुँले आयोजना गरेको कार्यक्रमलाई सम्बधोन गर्दै उहाँले जनताले कम्युनिष्टको सरकारबाट जनता सन्तुष्ट हुन नसकेको उहाँले बताउनुभयो ।

‘दुई तिहाईको कम्युनिष्ट सरकारबाट जनता खुशी हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले जनताले कम्युनिष्टको विकल्प खोजेको छ ।’ कम्युनिष्टको विकल्प कांग्रेस हो । असन्तुष्ट जनतालाई कांग्रेस प्रति आकर्षित गर्न सक्नुपर्छ । जनताको माग कांग्रेसले सम्बोधन गर्न सक्नुपर्छ । कांग्रेसलाई कस्तो बनाउने हो ? त्यो कांग्रेसले बुझ्न सक्नुपर्छ । 

कांग्रसेलाई नयाँ प्रेरणाको  स्रोतको रुपमा उभ्याउन सक्नुपर्छ । नेपालमा कांग्रेस र कम्युनिष्ट बाहेक अन्य शक्ति छैन । कम्युनिष्टको विकल्प नै कांग्रेस हो, उहाँले जिकिर गर्नुभयो । ‘कांग्रेसले बीपीको मर्म बुझन सकेन,’ उहाँले भन्नुभयो, ‘त्यसैले कांग्रेसको यो हालत भयो ।’

पार्टी कांग्रेसको बीपीको सिद्धान्त र आर्दशलाई बुझेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दनिुभयो । बीपी जनताको शासनका पक्षमा रहेपनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाउनुभयो । निमुखलाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त हो ।

गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसाउनुु पर्नेमा नेता पौडेलले जोड दिुनभयो । बीपीको सिद्धान्तलाई अनुशरण गर्न सके जनता र देशको विकास हुने उहाँले बताउनुभयो । 


प्रतिक्रिया