नेप्सेमा ३४ करोडको कारोबार

भाद्र २५, २०७६ | काठमाडौं

बजार परिसूचक नेप्से आज सामान्य अंकले घटेको छ । नेप्से आज ३ दशमलव ४६ अंकले घटेर १ हजार १ सय ६३ दशमलव २१ बिन्दुमा पुगेको छ । नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने हिजोको तुलनामा ११ करोड रुपैयाँ वृद्धि भएको छ ।

कारोबार भएका मध्ये म्यूचलफण्ड बाहेकका बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो ।

नेप्सेमा आज कुल १ सय ७१ कम्पनीका ५ हजार ४ सय ३० कारोबारबाट १५ लाख ३ हजार ९ सय २८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ३४ करोड १७ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
 


प्रतिक्रिया