अर्थमन्त्रीको नितीका कारण शेयर बजार ओरालो लाग्यो : पुर्व अर्थमन्त्री डा. महत

रेडियो कान्तिपुर संवाददाता

भाद्र २६, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 12 September 2019 | 26 Bhadra 2076

नेपाली कांग्रेसका नेता एवम पुर्ब अर्थमन्त्री डा. रामशरण महतले अर्थमन्त्रीको गलत नितिका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर देखा परेको बताउनुभएको छ । निजि क्षेत्रलाई विस्वासमा लिएर अघि बढ्न नसक्दा शेयर बजारमा पनि ठुलो गीरावट आएको उहाँको भनाई थियो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै डा महतले रेमिट्यान्स र बिद्युत उत्पादनमा आएको सुधारका कारण आर्थिक बृद्धिदरमा सुधार देखिएकाले त्यसमा सरकारले गर्व गर्ने कुनै ठाँउ नरहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो–आर्थिक अनुशासनहिनताका कारण विकास खर्च पनि सहि सदुपयोग हुन सकेको छैन, कर्मचारीमाथी सरकारको नियन्त्रण निक्कै बढेको छ, यसबाट राम्रो प्रतिफल आउन सक्दैन् ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया