क्यानको अन्योलताले चिन्ता बढ्दो 

रेडियो कान्तिपुर संवाददाता

भाद्र २७, २०७६ | काठमाडौं

- निर्वाचित क्यानका पूर्व अध्यक्ष चतुर बहादुर चन्दले यथास्थितीमा क्यानको निर्वाचन रोकिए यसले ठुलो समस्या निम्त्याउने चेतावनी दिनुभएको छ । असोज पहिलो साताका लागि तोकिएको नेपाल क्रिकेट संघ क्यानको निर्वाचनलाई लिएर बिभिन्न शंका उपशंका आईरहेका बेला पूर्व अध्यक्ष चन्दले आन्तरिक विवादको असर नेपाली क्रिकेट थप संकटमा फस्ने उल्लेख गर्नुभयो ।

स्वतन्त्र कमिटि क्यानको विधानभन्दा तलमाथि नगएको तथा निर्वाचन कमिटिमा राखेपको पनि सदस्य रहेकाले यो विवाद अनावश्यक रुपमा बाहिर आएको भएको चन्दको भनाई छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै सामान्य समस्यालाई राष्ट्रिय खेलकुद परिषदले समेत गलत ढंगले उठाएको आरोप लगाउनुभयो । 

यद्यपी तत्काल आपसी छलफलमा विवाद समाधान गरी निर्धारित मितिमै निर्वाचन गर्न सबै पक्ष गम्भीर हुनुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो– विवाद कायमै रहे, आईसीसीले नेपालका बारे थप छलफल गर्दैन, साधारण सदस्यता समेत खारेज गरिदिने अवस्था आउन सकछ । त्यसतर्फ सचेत बनौँ । 


प्रतिक्रिया