परम्परागत रुपमा इन्द्रजात्रा पर्व आज मनाईदै

रेडियो कान्तिपुर संवाददाता

भाद्र २७, २०७६ | काठमाडौं

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा लगायत स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ ।

यसअघि भाद्रशुक्ल द्वितीयाका दिन तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको काटी उपत्यका भिर्त्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । इन्द्रजात्राको अवसरमा आज  राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका कुमारी,  गणेश र भैरवको रथयात्रा अवलोकन  गर्ने परम्परा छ । जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । आजको दनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । 

प्रमुख राष्ट्रिय समाचार

* वर्षा र सहकालका देवता इन्द्रको पूजा–आरधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व आज मनाईदै/काठमाडौं उपत्यकाका ३ जिल्लामा सार्वजनिक विदा

* नागरिकता विद्येयकबारे गृहमन्त्री थापा सहितको उपस्थितीमा राज्य व्यवस्था समितिमा छलफल जारी/अंगिकृत नागरिकताको विवाद कायमै

* पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फरबादमा प्रधानमन्त्री इमरान खानले आज सम्बोधन गर्नुहुँदै/कस्मिरी जनतासंगको एकता प्रयास गर्न लागिएको भनाई

 र

* नेपाल क्रिकेट संघ क्यानको  निर्वाचन थप अन्यौलमा/तत्काल विवाद समाधान नभए नेपाली क्रिकेटले गम्भिर अवस्थाको सामना गर्नुपर्ने पूर्व अध्यक्ष चन्दको चेतावनी


प्रतिक्रिया