सुरक्षाका लागि साईकल गस्ती

रेडियो कान्तिपुर संवाददाता

भाद्र २७, २०७६ | बागलुङ

बैंकर्स एसोसिएसन बागलुङले सुरक्षा गस्ती गर्ने प्रहरीलाई साईकल सहयोग गरेका छन् । सदरमुकाम बागलुङ बजारमा गस्तीमा सहज बनाउन साईकल सहयोग गरेको अध्यक्ष्य नारायणराज पौडेलले बताउनुभयो ।

सदरमुकाम भित्र रहेका २७ वटा बैंकले रकम संकलन गरेर ६ वटा साईकल, हेल्मेट लगायतको सामग्री सहयोग गरेका छन् । नियमित गस्ती बाहेक वित्तीय क्षेत्रको सुरक्षामा प्रहरीको सर्तकर्ता बढाउन साईकल उपयोगी हुने प्रहरी उपरिक्षक नवराज भट्टले बताउनुभयो । 

सुरक्षा सर्तकताका लागि बजारमा रहेका सिसि क्यामेरा बढाउने तयारी समेत भईरहेको छ । अघिल्लो साता विभिन्न बैंकका एटीएमबाट पैसा चोरी भएपछि प्रहरीको सर्तकर्ता बढेको छ । बैंकहरुले पनि आफ्नो सुरक्षाका लागि प्रहरीमा साथ दिएका हुन् । ‘हामीले सहयोग गरेर मात्र प्रहरी गस्ती हुने होइन, तर समन्वयको माध्यम बनाएका हौं’ पौडेलले भन्नुभयो, ‘सुरक्षा व्यवस्था थप मजबुत भएमा बैंक मात्र नभई नागरिक पनि सुरक्षित हुन्छन् ।’

प्रहरीले नियमित गस्ती र सुरक्षा बाहेक प्रप्त ६ वटा साइकल मार्फत नियमित डुल्ने काम गर्ने भट्टले बताउनुभयो । ‘समुदाय र प्रहरीको साझेदारी भन्ने कार्यक्रम मार्फत बित्तिय क्षेत्रको मात्र नभई दुव्र्यसन विरुद्धको अभियान पनि चलाएका छौं’ भट्टले भन्नुभयो, ‘कुलतमा फस्ने युवालाई जोगाउन थालिएको काममा साईकल पनि उपयोगी हुनेछ ।’ बागलुङमा साँघुरो सडक भएकोले बढ्दो ट्राफिक व्यवस्थापन र वातावरण संरक्षणका लागि समेत साईकल उपयोगी भएको भट्टले बताउनुभयो । 


प्रतिक्रिया