नर्सिङ काउन्सिलको बोर्ड सदस्य चयनका लागि आज निर्वाचन

रेडियो कान्तिपुर संवाददाता

भाद्र २८, २०७६ | काठमाडौं

- नेपाल नर्सिङ काउन्सिलको बोर्ड सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ ।   काउन्सिलले पहिलो पटक बोर्ड सदस्यका लागि निर्वाचन गर्न लागेको हो । निर्वाचनका लागि देशका १४ स्थानमा मतदानस्थल तोकिएको छ ।  ३ जना बोर्ड सदस्यका लागि १३ हजार नर्स मतदाताले मतदान गर्नेछन् । मतदान सकिएपछि आजैबाट मतगणना सुरु हुने र सोमबारसम्म नतिजा आउने प्रमुख निर्वाचन अधिकृत वैद्यले जानकारी दिनुभयो ।

 काउन्सिलको तीन सदस्य पदका लागि आठ जनाले उम्मेद्वारी दिएका छन् । निर्वाचनमा सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा, डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठले उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि धनकुटा विराटनगर, सुनसरी, जनकपुर, विरगंज, चितवन, काठमाडौं, पोखरा, पाल्पा, बुटवल, सुर्खेत नेपालगञ्ज, दाङ, धनगढीमा  निर्वाचन केन्द्र तोकिएको छ ।


प्रतिक्रिया