अवस्थाप्रतिको वितृष्णालाई व्यवस्थाप्रतिको भन्न पाइन्न : विश्वप्रकाश शर्मा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३०, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 16 September 2019 | 30 Bhadra 2076

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हाल मुलुकमा देखिएको वितृष्णा र निराशा अवस्थाप्रतिको मात्रै भएको बताउनु भएको छ । जनताका दैनिकी नराम्ररी प्रभावित हुँदा पनि राज्यले त्यसमा परिवर्तन ल्याउने प्रयास नगरेकाले नागरिकमा निराशासँगै आक्रोश पनि बढेको तर यसलाई समग्र व्यवस्थाप्रतिको वितृष्णाका रुपमा अर्थ्याउने प्रपञ्च भइरहेको उहाँले उल्लेख गर्नुभयो । 

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै प्रवक्ता शर्माले प्रमुख प्रतिपक्षी दलका हैसियतमा काँग्रेसले प्रधनमन्त्री केपी शर्मा ओलीलाई त्यसबारे सचेत गराएको बताउनुभयो । समग्र राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दामा सबै दल एकै ठाउँमा उभिन पर्ने प्रधनमन्त्री ओलीको आशय सकारात्मक भएपनि त्यसमा सरकारको बोली र व्यवहार हेरेर मात्रै निर्णय गरिने उहाँले स्पष्ट पार्नुभयो । बोली र व्यवहारको एकरुपताले मात्रै सहकार्य सम्भव हुने उहाँको भनाइ थियो । 

फरक प्रसङ्गमा शर्माले काँग्रेस बाँकेकी सभापति किरण कोइरालामाथि भएको आक्रमण निषेधको राजनीति र विरोधीमाथि जाइलाग्न नेकपा नेतृत्वले दिएको निर्देशनको उपज भएको बताउनुभयो । दोषीमाथि कारबाही नभएसम्म सदनको गतिरोध अन्त्य गर्ने मुडमा काँग्रेस नरहेको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रमुख राष्ट्रिय समाचार

* संघीय सरकारले कानून निर्माणमा ढिला सुस्ती गर्दा त्यसको असर प्रदेश सरकारलाइ/गठन भएको डेढ वर्ष भन्दा वढी भएपनि आवश्यक अनुसारका कानून बन्न सकेन

* नागरिकता ऐन २०६३ मा भएको वैवाहिक अंगिकृत सम्वन्धी व्यवस्थालाई नै पार्टीको बटम लाईन बनाउने कंग्रेसको निर्णय/बाँके घटनामा गृहमन्त्रीको जवाफ चित्त वुझ्दो नभएको भन्दै संसद अवरोध

* विद्युत वढी भन्दा वढी खपत गर्न उपभोक्तालाई विद्युत प्राधिकरणको आग्रह/चालु आर्थिक वर्षमा १ हजार मेगावट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने अनुमान

* साउदी अरवमा इन्धन उत्पादन कटौती पछि मुल्यवृद्धि/कच्चा तेलको मुल्य १९ प्रतिशतले वढ्यो 

 र

* ठूला प्रतियोगितामा ९ पटक फाइनल पुगेर पनि नेपाली महिला टोली उपाधि जित्न असफल/ पर्याप्त घरेलु प्रतियोगिता नहुनु प्रमुख कारण

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया