खुम्बुमा विदेशी पर्यटक समस्यामा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३१, २०७६ | सोलुखुम्बु

- लगातार चौथो दिन पनि जहाज उडान हुन नसकेपछि सोलुखुम्बुको खुम्बु क्षेत्र पुगेका विदेशी बिचल्लीमा परेका छन् । मौसम सुधारको अपेक्षामा रहेका सयौ“ विदेशी पर्यटक, मौसम थप खराब भएपछि समस्यामा परेका हुन् । चौथो दिन आज पनि लुक्लाबाट कुनै जहाज उड्न नसकेपछि त्यहा“ रहेका सा“ढे ३ सय विदेशी पर्यटक अन्यौलमा परेका हुन् ।

आज बिहानैबाट मौसम अझ बिग्रीएपछि केही दिन उडान हुने सम्भावना न्यून रहेको तारा एयरको सम्पर्क कार्यालयले जनाएको छ । बाक्लो कुहिरोसगै सिमसिमे वर्षा जारी रहेकाले विमानस्थलमा हेलिकप्टर पनि अवतरण गर्न नसक्ने अवस्था रहेको कार्यालयले जनाएको छ ।

सिजन सुरु हुनै लाग्दा १ साता अघि खुम्बु क्षेत्र पुगेका विदेशी पर्यटक लुक्लाबाट फर्कन नसकेका हुन् । दैनिक २५ विमानको उडान हुने लुक्ला विमानस्थलमा शुक्रबारबाट बिमान अवतरण हुन सकेका छैनन् । 

 


प्रतिक्रिया